client
Nov 24, 2025

नेसनल आइसिटी अवार्ड २०२२ बाट इन्फोडेभलपर्स सम्मानित

नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालिलाई सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएकोमा इन्फोडेभलपर्स सम्मानित गरेको हो ।

alt

काठमाडौं । नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालिलाई सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएकोमा इन्फोडेभलपर्स सम्मानित गरेको हो ।

पूर्व सहसचिव विरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ वुमनबाट प्राध्यापक तिमिला यामी थापा, नेशनल आईसीटी अवार्ड ९पब्लिक सेक्टर० २०२२ बाट सर्वोच्च अदालत र नेशनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२२ प्रिक्सा टेक्नोलोजी र नेशनल आईसीटी अवार्ड २०२२ (प्राइभेट सेक्टर)बाट इन्फोडेभलपर्स प्रा। लि। र गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् ।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशिल र अग्रणी कम्पनी हो । इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ्ग सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको छ ।

इन्फोडेभलपर्सको १० भन्दा बढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन् । पुमरी, मोबाइल बैंकिङ्ग सेवा, इन्फोट्याब, वित्तीय सेवा, इन्फिनिटीलगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ । यसैगरी आधुनिक बैंकिङ्गलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ । कम्पनीलेनेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा महत्व पूर्ण योगदान दिएको छ ।

Company Logo

Copyright © 2026 InfoDevelopers | All Rights Reserved